नेपालको राजनीति र आर्थिक भबिस्य
कोरोना भइरसले विश्व आफै संकटमा परीरहेको अवस्था अहिलको छ
। नेपाल जस्तो
मुलुक आफैमा अविकसीत राष्ट्र अर्को भ्रष्टाचारको मामलामा पनी अगाडी नै छ
। विश्वमा
आर्थीक संकट उत्पन्न हुनेवाला छ । के विश्व आर्थीक संकटसँग जुद्धै गर्दा हाम्रोजस्तो राजनीतीक
संस्कार विकास भैनसकेको मुलुकको अवस्था के होला ? के हामी भविष्यमा आईपर्ने जस्तो सुकै समस्या सँग जुध्न
सक्ने छौँ त ? हाम्रो आर्थीक अवस्थालाई वचाई राखेका कुराहरु के हुन र
भविष्य के हुनेवाला छ कसैले विचार गरेको छ त ? के यहि राजनितीक संस्कार रहेर हामी देस परिवर्तन गर्न सक्छौ
होला त ? सहि र गलत
हामीले किन छुट्टाउँन सकिरहेका छैनौ ? आफ्नो सन्तानको सही गलत छुट्टाउँने हामी नेताहरुप्रती किन यती सारै
नतमस्तक भैरहेका छौँ ? के हामीले हाम्रो भविष्य हेरेका छौँ ?
मुख्यत: नेपालको आर्थीक पाटो भनेको नै रेमिट्यान्स हो
। यो पनी
अधीकतर श्रमिक भिषामा दुवै, कतार, मलेसिया, साउदी
जस्ता मुलुकमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्न गएकाहरु छन्
। यहाँको
सरकार यी नागरीकलाई तल्लो दर्जामा रखिरहेको छ । यहाँ पैसा
हुनेहरुको मात्र इज्जत हुन्छ न कि देसलाई योगदान दिनेहरुको । नेपालमै रोजगार
दिनुपर्ने त्यो त सम्भव छैन । देसलाई वचाएर राख्नेहरुको लासमा पनी यहा राजनीती
हुन्छ । सायद अव
पहिले जस्तो श्रमिक भिषामा जानेहरुमा कमी आउने छ त्यो वेला कुरेर वस्ने कि समयमा
केहि विचार गर्ने । यो अवस्था आयो भने हामी नीर्यात गर्न त केहि सक्ने वाला
छैनौ त्यस अवस्थाको लागी तयारी के गर्दै छौ त ? पहिले देखी नेपाल कृषी प्रधान राष्ट्र ८१ प्रतिसत जनता कृषीमा आश्रीत, के सरकारले अहिलेको नया तथ्याकं खोज्ने प्रयास गरेको छ ? अहिले नयाँ तथ्याकं हेर्ने हो भने अधीकांस खेतीयोग्य जमीन
प्लटीङ्ग भएको छ । सरकारले
नीर्यातमुखी वजेट अहिले सम्म कहिले ल्याउन चाहेन । आफै विचार गर्नुस त नेपाली किसानले फलाएको न तरकारी विक्छ न
फलफुल कौडिको भाउमा कसैले खरीद गर्दैन । त्यही चीज भारतबाट कती आयात भैरहेको छ किन
? भारत
नेपाललाई पुर्ण रुपमा आफैमा आश्रीत रहोस भन्ने चाहन्छ भन्ने कुर सबै लाई अबगत भएकै
हो । अहिले २/४ जना नेतालाई
खर्च गर्दैमा भविष्यलाई फाइदा हुन्छ भने गर्छ । हाम्रो देसका नालयक नेता भविष्य कहिले हेर्नेवाला छैनन्
। यदी सोच्थे
भने के सरकारले नेपाली किसानलाइ संरक्षन गर्नुपर्ने होइन ? अयात कम गर्न सक्ने हो भने व्यापार घाटा कम हुन्छ, व्यापार घाटा कम हुनु भनेको आर्थीक क्षेत्र वलियो हुनु हो
। सवै भन्दा
पहिले अबको वजेट किषान र कृषी मुखी वनाउ । यती मात्र
गर्न सक्यो भने पनी रेमिट्यान्स मा कमी आयो भने पनी आर्थीक भार कम हुन जान्छ
।
अन्य मुलुकहरुको मा देखिएको र हाम्रोमा पनी सम्भावना भएको
पर्यटन व्यावसाय थियो । यो पनी अहिलेको अवस्थामा शुधार हुन्छ जस्तो छैन । अहिलेको
अवस्थालाई हामिले सहि व्यावस्थापन गरेर विश्व सामु हाम्रो देस सुरक्षीत छ भनेर
देखाउनु पर्थ्यो तर यहा त डक्टरहरु नै
असुरक्षीत छन् । डराई डराई उपचार गर्न वाध्य छन् । स्वास्थ्य सामग्री खरीदमा
भ्रष्टाचार भैरहेको छ । प्रधानमन्त्रि
भन्छन होइन भ्रष्टाचार भएको छैन रे । हामी सर्वसाधारणले खरीद गर्न सक्ने भन्दा ३/४
गुणा महङ्गो कसरी पर्न गयो ? प्रश्नको
उत्तर दिनु पर्छ कि पर्दैन ? यही
अवस्थालाई हेरेर सायद प्रतीपक्ष पनी सरकारसँग छौ भनीरहेको छ, भ्रष्टाचार गरेको मान्छेलाई निकाल्नुस , आफ्नोलाई हाईन राम्रोलाइ ल्याउनुस । कुनै पनी मुलुकमा स्वास्थ्य
माथीको खेलवाड हत्या गरे भन्दा ठुलो दोषी हुनुपर्छ । सर्वसाधारणको विचल्ली, कती दिनको हिडाई पछी घर पुग्ने हौ त्यो पनी पुग्ने हो कि
होइन थाहा छैन, त्यस तर्फ ध्यान गएको
दखिएन । खाने र वस्ने वातावरण राम्रो भएको भए यो सङख्या धैरै कम हुन्थ्यो होला
सायद । प्रश्न खडा भएको छ । यो अवस्थाले
के भविष्यमा नेपाल घुम्न नेपाल आऊन चाहनेहरु के साच्चिकै सहज र सुरक्षीत महसुस
गर्लान् ?
देस आफ्नै नागरीकको करबाट मात्र चल्नेवाला छैन । आज
भ्रष्टाचार गरेर जसको लागी जम्मा गरेर राखेको छौ भाली तीनैले दु:ख पाउने वाला छन्
। सरकारले बनाएको कोषको सहि सदुपयो हुन्छ भन्ने विश्वास पनी कमैलाई मात्र होला, तै पनी नेपाली त हौ सवै त नखालान भनेर कोषलाइ वडाउने प्रयास
गरीरहेका छन । कठै हाम्रो देस हामी नेपाली, कस्तो स्वर्ग जस्तो भन्नु पर्ने ठाउमा आज नर्क भन्न वाध्य
भएका छौ । कस्तो देसमा जन्मेछु भनेर आफुले आफैलाई धिक्कार्नु परीरहेछ । आफुले र आफ्नोले
कतावाट कमाउने भन्ने सोच रहे सम्म देस बदलीनेवाला छैन । दातृ निकायको भिखले कहिले
सम्म चल्छ ? हाम्रो देसको आर्थीक
वृद्धिदर ७ प्रतिसत पुर्याउने रे । जहा व्यापार घाटा वढेको वढै छ , भ्रष्टाचारले सिमा नाघिसक्यो । हामि धेरै ठुलो आर्थीक
संकटमा फस्नेवाला छौ । हामि पुर्ण रुपमा भारतीय अर्थतन्त्रमा निर्भर छौँ । भारतले
२१ वर्ष पछी धकिलीने भविष्यवाणी गरीसक्यो, हाम्रोमा यसवारे सोच्ने फुर्सद नै छैन । नेता गण आफुले
आफुलाई सुधारौ सकिदैन राजनीती छाडौ । हामी नागरीक चलाख वनौ अरु वेला त यी नेता
भन्नेहरु हमिलाई मान्छे नै होइन भन्छन् चुनावको वेला भोट माग्न आउदा हिसाव मागौ
चीत्त बुझ्दो जवाफ नपाए लखेटौ । हामी आफुले आफुलाई चनाखो बनाएनौ भने भोकै मर्ने
दिन चाडै आउने वाला छ । मैले यसो भन्दै गर्दा यहाँ आफु चाहि राजनीतीमा आउनुनी
अरुलाई दाष दिएर हुन्छ भन्ने ठुलै जमात पनी छ । यसो भन्नेहरुलाई पनी ऊत्तर त
दिनुपर्यो । के गर्नु म त गरिव मान्छे यहाँको राजनीतीमा आएर मात्र हुँदैन त्यो
ठाउसम्म पुग्नु पर्छ जहाँ काम गर्न सकिन्छ । तपाई हामी २ छाक खानै पैसा दियो भने
त्यसलाई जिताउछौँ । न त्यसको घोषणा पत्र पड्छौ न पछी प्रश्न गर्छौ । कामना गरौँ
कोरोनाको अन्त्य होस, हाम्रो
अवस्था मैले देखेको जस्तो नहोस।